जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १७:४५

नेपालमा ३४ हजार ७ सय ३७ सहकारी, ३ हजार बढी सहकारी ‘कोपोमिस’ प्रणालिमा


काठमाण्डौं, बैशाख २०

सहकारी बिभागका रजिस्टार टोकराज पाण्डेले सहकारी सुधारको लागि निर्मम भएर लाग्ने बताउनु भएको छ । नेपला सहकारी पत्रकार समाजले काठमाण्डौमा गरेको सहकारीको वित्तिय विवरण विषयक छलफल कार्यक्रममा सहकारीका रजिस्टार पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

रजिस्टार टोकराज पाण्डेले सहकारीको एकाउन्टीङ सिस्टममा एकरुपता ल्याउने बताउनु भएको छ । सहकारीबाट लाभ लिने भनेको सदस्यको रहेको भन्दै उत्पादन मुलक क्षेत्रमा जोड दिने बताउनु भएको छ ।

सहकारी विभाग कर्जा स्थापना केन्द्र स्थापित गर्न लागेको बताउनु भयो । सहकारीले कति सम्म व्यजलिन सक्ने भन्नको लागि आधार व्याजदर तोक्ने प्रक्रियामा रहेको बताउनु भएको छ ।

सहकारीको लागि कोपोमिस सफ्वयेर महत्वपूर्ण भएको भन्दै यसको प्रयोगले दोहोरो सदस्य खारेज देखि सबै सहकारीलाई सहजै अनुगमन गर्न सक्ने बतउनु भयो ।

कार्यक्रममा सहकारीका शाखा अधिकृत टोपलाल अर्यालले कार्यपत्र प्रस्तुत गर्दै हाल नेपालमा ३४ हजार ७ सय ३७ सहकारी रहेको बताउनु भएको छ । यो तथ्याङ्क २०७५ फागुन मसान्त सम्मको रहेको जानकारी दिनु भयो । उहाँले ३ हजार बढी सहकारी कोपोमिस स्टिममा आएको बताउनु भएको छ ।