जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार ००:००

सरकारले छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड उपलब्ध गराउने


काठमाण्डौं, बैशाख २०

सरकारले छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरको छ।

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिनुभएकाे हाे ।

सेनेटरी प्याड नहुँदा सहरदेखि गाउँसम्मका विद्यालय पढ्ने छात्राहरू महिनावारी हुँदा विद्यालय अनियमित हुने गरेका छन्।

जनस्तरबाट सरकारले महिलाहरुको लगि निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन माग हुँदै आएको थियो ।