जनता टाइम्स

१२ असार २०८०, मंगलबार १२:०६

सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन


काठमाडौ, १२ असार । सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन हो । असार २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दै छ । तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांस र सभामा सहभागि हुन पाउँनेछन् । कम्पनीको सभा धुलीखेल लज रिसोर्ट, नयाँ गाउँमार्ग काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट १०५ बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ । सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ ।