काठमाडौ, १२ असार । चालु साताको कारोबारको तेस्रो दिन आज नेप्से ५० अंकमाथि पुगेको छ । आज नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ को विन्दुमा कायम भएको छ । २७५ सूचीकृत कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ । लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ । स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टि होटलआज, शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो बर्षको सबैभन्दा धेरै सर्किट लागेको आज नै हो ।













प्रतिक्रिया दिनुहोस्