काठमाडौ, १३ असार । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्