काठमाडौं, भदौ १६ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि तीजको गीतमा छमछमी नाचेका छन । तीज मनाइरहेका नेपाली महिलाहरु उपस्थित कार्यक्रममा उनीहरुसँगै राजदूत बेरी छमछम नाचेका हुन ।
तीजको रहर आयो बरिलै… भन्ने बोलको गीतमा नेपाली महिलाहरु नाचिरहेका थिए । एक्कासी गीत बज्यो, दीदी बैनी मात्रै नाच्छन जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बीचबीचमा भन्ने गीत बज्यो । अमेरिकी राजदुत र्याण्डीबेरीले थाम्नै सकेनन । अनि छमछमी नाचे ।
नेपालस्थित अमेरिकी दूतावासले तीजको अवसरमा शुभकामना पनि दिएको छ । ‘रङ्गीचङ्गी, रमाइलो, र खुशीयालीले भरिएको पर्व हरितालिका तीजले तपाईंहरू सबैको जीवनमा खुशी, शान्ति र धेरै भन्दाधेरै परिवार तथा साथीहरूसँग रमाउने क्षण ल्याओस,’ उक्त सन्देशमा भनिएको छ, ‘नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तीजको धेरै धेरै शुभकामना ।’
हेर्नाेस भिडियो
https://www.facebook.com/nepal.usembassy/videos/3117351018490191/
प्रतिक्रिया दिनुहोस्