सुर्खेत, असार १७ । नेपाली समाज कतिसम्मको कुसंस्कारको शिकार भइरहेको छ भन्ने कुरा जुम्लाको एउटा घटनाले उजागर गरेको छ । स्थानीय एक युवाले अन्तरजातीय विवाह गर्दा दुलाहको घरमा आगो लगाइएको छ ।
दलित समुदायको केटाले गिरीको छोरी भगाएर विवाह गरेपछि केटी पक्षका आफन्तहरूले केटाको घरमा आगो लगाइदिएका हुन । प्रहरीका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ४ गिडीखोला निवासी मुकुन्द नेपालीले स्थानीय गिरी थरकी युवतीसँग भागेर गत साता बिहे गर्दा यस्तो दुब्र्यवहार सहनुपरेको हो । हाल उनीहरू बाँकेमा रहेको बताइएको छ ।
केटी भगाएको चार दिनपछि दलित केटाको घर आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले जानकारी दिनुभयो । भाइले अन्तरजातीय बिहे गरेको र त्यसैको झोकमा केटी पक्षका आफन्तहरूले घरमा आगो लगाएको उहाँको भनाई छ । आगलागीबाट मुकुन्दको तीन तलाको घर जलेर पुरै नष्ट भएको छ । सो घटनापछि प्रहरीले केटीका दाजुलाई पक्राउ गरेको छ ।













प्रतिक्रिया दिनुहोस्