काठमाडौ, १८ असार । मल्टीपर्पस फाइनान्सको ४० हजारभन्दा बढी कित्ता सेयर सोमबारबाट बिक्रीमा राखिएको छ । संस्थाले संस्थापक समूहको ४० हजार ११३ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
ईच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्