काठमाडौं, असार १८ । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।
अफरमा ग्राहकहरुले eNMB एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस वा व्यापारिक लेनदेन गर्ने होस, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर श्रावण मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।
साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनैपनि शुल्कबिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्