जनता टाइम्स

१८ असार २०८०, सोमबार १६:२५

सेयर बजार २१.३२ अंकले घट्यो


काठमाडौ, १८ असार । सेयर बजार २१.३२ अंकले घटेको छ । आज नेप्से सूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ । आज बजार निकै अस्थिर पनि देखियो ।

छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ । यस दिन २७६ कम्पनीको ९४ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ९४ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नागरिक लगानी कोष परेका छन् ।