जनता टाइम्स

१९ असार २०८०, मंगलवार २०:०७

प्रचण्ड-माधवलाई शंकर पोखरेलले फर्काए कडा जवाफ


काठमाडौं, असार १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रस्ताव सोझै अस्वीकार गर्नुभएको छ ।

नेकपा व्युँताउने चर्चा चलाइएको भन्दै पोखरेलले सकिने बेला गरिएको मोर्चावन्दी भन्नुभएको छ । ‘यति बेला नेकपा ब्युँताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठनगर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन । यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाईनै राष्ट्रपतिमा निर्वाचितगर्न विवश भएकाहरुनै वामपंथी एकताको कुरा गर्न थालेका छन,’ पोखरेलले लेख्नुभएको छ ।

उहाँले थप्नुभएको छ, ‘नेपालको वामपंथी आन्दोलनको मुख्य शक्ति नेकपाएमालेका विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपंथी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो । नेकपा एमाले यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।’

अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुविकरण आवश्यक रहेको भन्दै त्यसैतर्फ लाग्न पोखरेलले अपिल पनि गर्नुभएको छ । ‘विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरणको वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन, भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ,’ पोखरेलको भनाई छ ।

उहाँले अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने निचोड पनि सुनाउनु भएको छ । ‘अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुटनु पर्ने हुन्छ । नेकपा एमाले त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

पोखरेलले बर्तमान सत्ता गठबन्धनले बर्वादीले बलियो राष्ट्रिय शक्तिको निर्माण अनिवार्य बनिसकेको र त्यो शक्ति एमाले मात्रै रहेको उहाँको भनाई छ । ‘अव हरेकले महसुस गर्ने वेला भयो– विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

महासचिव पोखरेलको भनाई जस्ताको तस्तै

यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठनगर्न राष्ट्रपति देखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन् । यतिसम्म की आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपंथी एकताको कुरा गर्न थालेका छन् । नेपालको वामपंथी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपंथी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो । नेकपा (एमाले) यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।

अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक धु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरणको वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ ।

अव हरेकले महसुस गर्ने वेला भयो- विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।