जनता टाइम्स

२१ असार २०८०, बिहीबार ११:५०

सुनको मूल्य बढ्यो


काठमाडौ, २१ असार । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।