जनता टाइम्स

२१ असार २०८०, बिहीबार १८:४१

सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन : भीमार्जुन आचार्य


काठमाडौं, असार २१ । संबिधानविद भिमार्जुन आचार्यले कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति संबिधान र संसदीय मान्यताभन्दा बाहिर गएर भएको निश्कर्ष सुनाउनु भएको छ ।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले आज सभामुलाई समेत सहभागी गराएर सरकार गठन प्रक्रिया अघि बढाउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै संविधानविद आचार्यले यस्तो बताउनु भएको हो । उहाँले संबिधानले परिकल्पना नै नगरेको काम गठबन्धन र प्रदेश प्रमुख एवं सभामुखबाट भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

‘सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन । यस्तो कार्य असंसदीय र असंवैधानिक छ । सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ,’ सामाजिक सञ्जाल ट्वीटरमा टीट गर्दै आचार्यले भन्नुभएको छ, ‘कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसदको अपहेलना जन्य कार्य हो ।’

आचार्यले हाकाहाकी संबिधान मिचेर गर्ने कामभन्दा प्रदेश सरकार नै नहुनु उचित भन्नुभएको छ । ‘यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ,’ आचार्यको भनाई छ ।