जनता टाइम्स

२५ असार २०८०, सोमबार १५:१८

प्रधानमन्त्रीले गल्ती स्वीकार गर्ने सहमतिपछि संसदको अवरोध हटाउन तयार भयो एमाले


काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुलाउन नेकपा एमाले तयार भएको छ ।

तीन दलका शीर्ष नेताबीच आज दोस्रो पटक भएको छलफलमा यस्तो सहमति भएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनु भएको हो । तीन नेताबीचको बैठकलगत्तै संसद भवनमा आयोजित एमाले संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने, त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्याउने तथा सचिवालयले गरेको प्रेस नोटेले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई थियो । संसद बैठक आज बस्दैछ ।