काठमाडौं, असार २६। सोलुखुम्बुको लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताउनु भएको छ ।
बाँस्तोलाका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ बिदेशी यात्रु गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । सो हेलिकोप्टर आज सवा १० बजेबाट सम्पर्कबिहीन बनेको थियो ।













प्रतिक्रिया दिनुहोस्