जनता टाइम्स

२६ असार २०८०, मंगलवार १३:०२

नेपाल रेडक्रसको बिशेष महाधिवेशन र निर्वाचन रोक्न उच्च अदालतको आदेश (पूर्णपाठ)


काठमाडौं, असार २६ । उच्च अदालत पाटनले नेपाल रेडक्रस सोसाइटीको निर्वाचन रोक्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्रचार्यको एकल इजलासले सोमवार रेडक्रसको निर्वाचन रोक्न अल्पकालिन आदेश दिएको हो ।

‘एउटै नेपाल रेडक्रस सोसाइटीका तर्फबाट फरक फरक मितिमा निर्वाचनसहितको बिशेष महाधिवेशन गर्ने गरी फरक फरक पत्राचार गरेको देखिएकोले बिपक्षी दिपेन्द्रराज ढकालले मति २०८०/०३/१० गतेको च. नं ३६–०७९/८० को पत्रबाट मिति २०८० असार २५ र २६ गते र बिपक्षी उमेशप्रसाद ढकालले मिति २०८०/०३/१२ मा प।सं २१३६/०७९/८० मार्फत मिति २०८० असार २७ र २८ गते गर्ने भनिएको नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तथा बिशेष महाधिवेशन सम्बन्धी काम कार्वाही हाल जे अवस्थामा पुगेको छ, यथास्थितिमा राख्नु भनी उच्च् अदालत नियमावली २०७३ को नियम ४२ (१० कमोजिम बिपक्षीहरुका नाममा अल्पकालिन आदेश जारि गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।

नेपाल रेडक्रसमा अदालतको आदेशबिपरित सत्ताको आडमा कब्जा गरेको भन्दै डा. नेत्रप्रसाद तिम्सिना नेतृत्वको कार्यसमितिले सोमवार नै नयाँ कार्यसमिति चयन गरिसकेको छ । यस्तै पूर्वअध्यक्ष सञ्जीव थापाले नेतृत्व गरेको कार्यकारी निर्देशक ढकाल समुहले बुधवारदेखि बिशेष महाधिवेशन तथा निर्वाचन मिति तोकेको थियो । अदालतको यो आदेशसँगै दुवै समितिको काम रोकिएको छ ।