जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:४२

स्मार्ट कार्डबाटै सार्वजनिक सवारीसाधनमा भाडा तिर्ने व्यवस्था हुँदै


काठमाण्डौं, बैशाख २०

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘यातायात प्राधिकरण’ गठन गर्ने भएको छ।

सरकारको आर्थिक बर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम प्राधिकरण गठन गर्दै विद्युतीय सवारीसाधन संचालनमा प्रोत्साहन गर्ने उल्लेख छ।

त्यस्तै आगामी बर्षदेखि सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा भाडा तिर्नका लागि स्मार्ट कार्ड समेत प्रयोगमा ल्याउने भएको छ ।

राष्ट्रपति द्वारा प्रस्तुत नीति तथा कार्यक्रमा देशैभरि विद्युतीय चार्जिङ स्टेशनहरु निर्माण गर्ने उल्लेख छ।