जनता टाइम्स

२७ असार २०८०, बुधबार १२:४१

एनआईसी एसियाको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामी भर्ने आज अन्तिम दिन


काठमाडौ, २७ असार । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को २४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो ।

बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १ हजार ४५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।