जनता टाइम्स

३१ असार २०८०, आईतवार १५:३०

नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो


काठमाडौं, ३१ असार । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।