काठमाडौं, साउन १ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनको लागि जस्तो सुकै जोखिम पनि मोल्न नहुने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्रले कीर्तिपुरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनको लागि जस्तोसुकै जोखिम मोल्दा केही वर्ष सत्ता टिके पनि दीर्घकालीन रूपमा त्यसले देशको हित नगर्ने बताउनुभयो ।
असंलग्नता नेपालको परिस्थितिमा सान्दर्भिक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘सत्ता टिकाउनको निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सरकार टिक्ने कुरा होला, तर नेपाल जस्तो देशले धेरै धेरै मूल्य चुकाउनु पर्छ’, उहाँले भन्नुभयो ।
वर्तमान सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने गरी लागेको ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमण सत्ता टिकाउनको लागि नेपालको असंलग्न परराष्ट्र नीति नै खलबल्याउने खालको भएको ज्ञवालीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा नेपालको हितलाई ध्यानमा नराखी विभिन्न काम गरेको उहाँको भना छ । पछिल्ला दिनमा नेपालले नजानिँदो ढङ्गले एउटा देशप्रति बढी आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्