जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १३:४०

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


भक्तपुर, २ साउन । मध्यपुरठिमी नगरपालिका–९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।