काठमाडौं, साउन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अबैभ सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली गरी ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले यो सुन बरामद हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिएको छापा मार्न संलग्न अधिकारीले बताएका छन । भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी सुन भित्र्याइएको पाइएको छ ।
अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
बिमानस्थल प्रहरीका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिप शमशेर जवराले भने यस प्रकरणमा प्रहरीलाई जानकारी नभएको बताउनु भयो । ‘बिमानस्थलबाट होइन, अन्यत्रै होला,’ बिमानस्थलभित्र भएको भए प्रहरीलाई जानकारी हने थियो, जवराले जनताटाइम्स डटकमसँग भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्