काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताउनुभएको छ ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा उहाँले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौती दिनुभएको छ ।
बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूलाई सुन तस्करीमा नाम मुछिएका गृहमन्त्रीको राजीनामा माग्न नारायणकाजीकोमा जान उहाँले चुनौती दिनुभएको हो ।
कांग्रेस नेता पक्राउ पर्दा गृहमन्त्रीकोमा पुगेका कांग्रेस नेताहरुलाई चुनौती दिँदै उहाँले भन्नुभयो, ‘साथीहरु गृहमन्त्रीकोमा जानु भएको थियो । आज म पनि जान्छु । जाउँन त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाउँ । को–को मान्छे हो सुन तस्करीमा परेका छन्, छानबिन हुनुपर्यो । तीन महिनाभित्र २९ पटक सुन आएको छ नेपालमा, सय सय केजीको दरले । अब हाम्रो साथीहरु गृहमन्त्रीकोमा जाने कि नजाने ? म यो प्रश्न गर्न चाहन्छु।’













प्रतिक्रिया दिनुहोस्