जनता टाइम्स

५ श्रावण २०८०, शुक्रबार १९:४१

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस


काठमाडौं, ५ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । सय किलो सुन काण्डमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै युवा संघले आज काठमाडौं मशाल जुलुशसहित प्रदर्शन गरेको हो । गृह मन्त्रालय अन्तर्गतको प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अवस्थामा सय किलो सुन भन्सार पास गरेर बाहिरिनु गम्भीर भएको युवा संघले जनाएको छ ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको घटनापछि गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नरहेको युवा संघको ठहर छ । प्रदर्शनमा सहभागी युवा संघका नेता, कार्यकर्ताले सुन तस्करीमा संलग्नलाई पक्राउ गर, तत्कर सरकार राजीनामा दे, तस्करी काण्डको निष्पक्ष छानबिन गरलगायत नारा, लगाएका थिए ।