बुटवल, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गर्नुभएको छ ।
आज बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गर्नुभएको हो । यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उहाँको भनाइ छ ।
सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उहाँले दोषी जोसुकैलाई कारबाही गरिने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्