जनता टाइम्स

८ श्रावण २०८०, सोमबार १६:११

सेयर बजार २६.६६ अंकले घट्यो


काठमाडौ, ८ साउन । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट आज सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ । आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ ।

कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले आज लगानीकर्ताहरुले नाफा बुक गर्नुभएको हो ।

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।