काठमाडौ, १२ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत् बिक्रीमा राखिएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा खरिद आवेदन दिन सक्नेछन् । खरिद आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ ।












प्रतिक्रिया दिनुहोस्