जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १२:२४

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


काठमाडौ, १५ साउन । नेपाल इन्सोरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।