जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १२:५८

प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो


काठमाडौ, १५ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । यससँगै सूचक २०९७.८४ विन्दुमा आएको छ । १ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४ सय १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा अरु ४ वटैको मूल्य घटेको छ ।