जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १७:४३

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


धनगढी, १५ साउन । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई ३ सय ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट पक्राउ परेका छन् ।

जोशिपुर गाउँपालिका–६ सिमरीका १९ वर्षीय अर्जुन बडायक ३ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् । टीकापुर नगरपालिका–७ का २० वर्षीय रामसुरेश चौधरी १ ग्राम लागूऔषधसहित भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट पक्राउ परेका छन् । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराहबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन् ।

एक सय मिलिग्राम लागूऔषधसहित कृष्णपुर नगरपालिका–७ सिगलपट्टीका २४ वर्षीय बिकास विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाबाट खटिएको संयुक्त टोलीले से. ५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।