काठमाडौं, साउन १५ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भइरहेको सुन तस्करीमा सत्तारुढ दलबाट संरक्षित ब्यक्ति नै संलगन रहेको तथ्य उजागर भएपछि सरकार अन्यत्रै ध्यान मोडने प्रयाशमा लागेको पाइएको छ ।
माओवादी नेताहरुबाट संरक्षित दावा छिरिङ र कांग्रेस नेताहरुबाट संरक्षित राकेश अडकिया सुन तस्करीमा संलग्न रहेको तथ्य उजागर भएपछि सरकार मुख्य दोषी जोगाउन उच्चस्तरीय छानविन समिति नबनाउने र जनताको ध्यान अन्यत्र मोडन लागेको हो । यो कामका लागि सरकारले आफू निकट दैनिक अखवारदेखि अनलाइनहरुसम्म प्रयोग गर्न थालेको छ ।
क्वीन्टल सुन तस्करीमा संलग्न रहेको कारण फरार भएका राकेश अडुकिया नेपाली कांग्रेसका नेताहरु निकट रहेका ब्यापारी हुन । उनी कांग्रेसबाट प्रधानमन्त्री र अर्थमन्त्री बनेका हरेक नेतासँग घनिष्ठ सम्बन्ध राख्ने ब्यापारी रहेको तथ्यहरुले देखाएको छ । आइतवार मात्रै समातिएका चिनिया मुलका बेल्जियम नागरिक दावा छिरिङ नेकपा माओवादी केन्द्रका नेताहरुका घनिष्ठ रहेको तथ्य उजागर भएको छ ।
दावाको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री बर्षमान पुनको पारिवारिक सम्बन्ध रहेको तथ्य स्थापित भएको छ । दावाले लामो समयदेखि माओवादी नेताहरुकै संरक्षणमा अवैध धन्दा गरेको पाइएको छ । गृहमन्त्री र अर्थमन्त्रीको संलगनताबिना बिमानस्थलबाट सुन तस्करी हुनै नसक्ने तथ्यबीच तस्कर समुहमा धमाधम माओवादी नेताहरुको निकटता देखिएपछि सरकार आफ्नालाई जोगाउने काममा लागेको हो ।













प्रतिक्रिया दिनुहोस्