जनता टाइम्स

१६ श्रावण २०८०, मंगलवार १३:०८

जिल्लाको आदेशविरुद्ध उच्च पुगे खाण र रायमाझीसहितका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी


काठमाडौं, साउन १५ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहनुभएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीहरू उच्च अदालत पुग्नुभएको छ ।

उच्च अदालत पाटनमा उहाँहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गर्नुभएको हो । जिल्ला अदालत काठमाडौंले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको भन्दै बदरको माग राखेर पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि पुनरावेदन गर्नुभएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले खाण र रायमाझीसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।