जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १२:१८

सुनको मुल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?


काठमाडौ, १८ साउन । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो ।

यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।