काठमाडौ, १९ साउन । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । आज सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज पनि प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो । आज चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ । बिहीबार पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो । यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो ।













प्रतिक्रिया दिनुहोस्