जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार ०९:११

बिपत्तिप्रति चनाखो रहौं : केपी ओली


काठमाडौं, साउन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानवाट सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ ।

देशैभरी भएका अबिरल बर्षाका कारण काठमाडौंलगायतका क्षेत्र डुबानमा परे पछि राजमार्गहरु अबरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो ।

‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भन्नुभएको छ, ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।’