काठमाडौं, साउन २३ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । तसर्थ, उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार मिति साउन २४ अर्थात भोलिदेखि गर्न सकिने सिटिजन्स बैंकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्