काठमाडौं, २४ साउन । नयाँ ब्रोकर लाइसेन्स प्राप्ती गर्नका लागि लगानिकर्ताको अमह् भूमिका र ठुलो मेहेनत पछि जन्मेको बताइउको छ । आज राजधानीमा धितोपत्र ब्रोकर्स एसोसियसन नेपालद्धारा आयोजित नयाँ ब्रोकर स्वागत एवं एएमएल÷सिएफटि तालिम कार्यक्रममा बोल्दै लगानिकर्ताले यस्तो बताउनुभएको हो । नेपाल पूँजीबजार लगानिकर्ता संघका उपाध्यक्ष कुमार थापाले नेपाल धितोपत्र बोर्डको ठूलो भूमिका र लगानिकर्ताको अथाह मेहेनेत पश्चात नयाँ ब्रोकर जन्मको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नयाँ ब्रोकर रोक्न पुरानाले ब्रोकरले धेरै काम गरे तर बोर्डको भूमिकाले आज हामि यो दिनमा पुगेका र्हौ ।’ त्यस्तै कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुल्सिराम ढकालले नयाँ ब्रोकरको आगमनले बजार फड्को मार्ने दिन आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आज एकदमै खुसीको दिन हो । यो खुसिका लागि लगानिकर्ताले धेरै सघर्ष गर्नुभएको छ ।’ उहाँले थप्नुभयो,‘बोर्डका अध्यक्ष रमेश हमाल नयाँ ब्रोकरको नायक हो । आजको दिन एतिहासिक दिन हो, बजारले अब फड्को मार्ने दिन आउँदैछ ।’
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अहिलेको अवस्था सुरूवात भएको भन्दै संविधानमा उल्लेख भएअनुसार नै सबै जनताको लगानि गर्न पाउॅनुपर्ने व्यवस्थाका लागि यो काम भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिस्पर्धाको वातावरण हुनुपर्छ, कारोबारका कुरामा लगानिकर्ताले महसुस गर्न पाउनुपर्छ, जनतालाई बढी भन्दा बढी सेवा दिएर सबै सुविधा दिन सक्नुपर्छ ।’ एक अर्को प्रसंगमा उहाँले सरकारी संयन्त्रले अनन्तसम्म फाईल लुकाउने काम गर्ने गरेको भन्दै दुख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘वर्षौसम्म विदेशमा काम गरेर आएँ, त्यहाँ सरकारी कार्यालय धाइराख्नुपर्दैन, सबै कागजात पुर्याएपछि तत्काल काम हुन्छ, पटक–पटक जानुपर्ने, लविङ गर्नुपर्ने अवस्था छैन । तर यहाँ त्यो अवस्था छैन, दुख लाग्छ अब त्यो हुनुहुँदैन ।’ नेपालमा हाल बजारमा ५० वटा ब्रोकर सञ्चालनमा आइसकेका छन् । अहिले ४३ वटा नयाँ ब्रोकर थपिएको हो । कार्यक्रममा हमालले सबैलाई एकरुपता हुने भन्दै सबैले फेयर कम्पिटिसन गर्न सुझाव दिनुभयो । धितोपत्र ब्रोकर्स एसोसियसन नेपालका अध्यक्ष सागर ढकालले पूँजी बजारको सिन्डिकेट तोड्न मिडियाले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै नयाँ आएको ४३ ब्रोकरलाई अबको जोर्निको लागि बधाई दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्