जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १९:२०

सांसद सुनिल शर्माको आईएस्सीको सर्टिफिकेट नक्कली भएको आशंकामा पक्राउ गरियो : सीआईबी


काठमाडौं, साउन २५ । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ गरिएको हो । बज्राचार्यले यही बिषय खुलाएर सभामुख देवराज घिमिरेलाई जानकारी पठाउनु भएको छ ।

सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उहाँले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ गरेको छ ।