जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार २०:११

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स


काठमाडौं, २६ साउन । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ । साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन् । यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन् ।