जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार ०८:१०

वन रक्षक पदमा ५२ जनाका लागि कर्णाली प्रदेशले खुलायो आवेदन


काठमाडौं, ३० साउन  । कर्णाली प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा ५२ जनाका लागि आवेदन खुलाएको छ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको वन सेवा, जनरल फरेष्ट्री समूहका तहविहीन वन रक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको आयोगले बताएको छ।

वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।

त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १(१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।
भदौ १८ गतेसम्म ३०० रूपैयाँ ९समावेशी समूहतर्फ पनि भर्ने भए थप १०० रूपैयाँं० तिरर दरखास्त दिन भनिएको छ। भदौ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिने पनि आयोगले जानकारी दिएको छ।

परीक्षा कर्णाली प्रदेशमै हुने छ।