जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १३:२५

अरिङ्गालले टोकेर एकजनाको मृत्यु


गुल्मी, ३० साउन । गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ ।

सोमबार अरिङ्गालले टोके पनि आज बिहान उहाँलाई गुल्मी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उहाँको गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उहाँलाई टोकेको थियो ।