जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १४:०२

एमालेले बहिष्कार गर्यो सार्वजनिक लेखा समितिको बैठक, सभापति चयन नभएसम्म नजाने निर्णय


काठमाडौं, साउन ३२ । नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको आज १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गर्दै आउनु भएको छ । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त घोषणापछि बिहीबार बैठक बोलाइएको थियो । एमालेले ’समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेको र सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा नगएको बताएको छ ।