जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १८:३२

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर


काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौँ १ गते शुक्रबारबाट लागू हुने गरी भदौं महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार साउन महिनाको तुलनामा भदौँ महिनामा ब्याजदर बढाइने भएको छ ।

बैंकले भदौँ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असार महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो भने साउन महिनामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।