जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार ०९:४९

क्वीन्टल सुन तस्करीको आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ


काठमाडौं, भदौ १ । बिमानस्थलबाट भएको ६० किलो सुन बरामद प्रकरणमा प्रहरीले थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुको परिचय प्रहरीले दिन चाहेको छैन। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ। सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनु भयो ।