जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १४:३२

श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ


बर्दिया, १ भदौ । आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।