जनता टाइम्स

५ भाद्र २०८०, मंगलवार १२:००

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौ, ५ भदौ । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ स्थिर थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।