काठमाडौं, ७ भदौ । रामेछापका युवाहरूले काठमाडौंमा व्यावसायिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नु गर्दैजानुभएको छ ।
रामेछापक युवाहरूले काठमाडौंमा फास्ट फुड, पाटी प्यालेस र रेस्टुरेन्टमा आफ्नो राज कायम गर्दै जानुभएको छ । ए वान ग्रुपका नाममा युवाहरूले काठमाडौंमा व्यवसाय विस्तार गर्दै लग्नुभएको छ ।
सोही क्रममा ए वान क्याफे एण्ड पार्टी भेन्युको नयाँ शाखाको रूपमा कपनको सरस्वतीनगरमा २१ औँ शाखा खुलेको छ । रोयल ए वान इन्भेष्टमेन्ट कम्पनी प्रा.ली.को लगानीमा सो शाखा स्थापना भएको हो । जसमा जितु नेपाल र माग्ने बुढा भनेर चिनिने केदार घिमिरेसम्ेतको लगानी छ ।
नवनिर्मित क्याफे एवं पार्टी भेन्युको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा पूर्व मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ, रुक्मिनी राना, रणकुमारी बलम्पाकी मगर, पूर्व राज्यमन्त्री श्याम कुमार श्रेष्ठ र पूर्व सांसद् कृष्ण राई, वाग्मती प्रदेशका पूर्व मन्त्री कैलाशप्रसाद ढुङ्गेल, रामेश्वर फुयाँल, शान्तिप्रसाद पौडेल, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, योजना आयोगका पूर्व उपाध्यक्ष श्याम बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा हास्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले मनोरञ्जनात्मक प्रस्तुति गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम कम्पनीका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो भेन्युको सञ्चालक डाइरेक्टरको जिम्मा भीमबहादुर श्रेष्ठले लिनुभएको छ ।
करिब ८ करोड लगानीमा सो क्याफे र पार्टी भेन्यु स्थापना गरिएको हो । पार्टी भेन्युमा एकै पटक एक हजार जना अट्न सक्ने कम्पनीका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
रोयल ए वान इन्भेष्टमेन्ट कम्पनीमा १ सय ५० जना लगानीकर्ता छन् । सो कम्पनीले ५ सय बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीका सञ्चालकहरू राजनीति र सामाजिक क्षेत्रमा पनि अब्बल रूपमा स्थापित हुँदै छन् । व्यवसाय र समाज सेवा र राजनीतिलाई एकैसाथ अघि बढाउनुभएका यी युवाहरूले एकपछि अर्को सफलताको सिंढी उक्लदै जानुभएको छ ।













प्रतिक्रिया दिनुहोस्