जनता टाइम्स

७ भाद्र २०८०, बिहीबार २०:००

अर्थमन्त्री र गभर्नर असोजमा इजिप्ट जाने


काठमाडौं, ७ भदौ । अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जानुहुनेभएको छ ।

अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जानुहुने भएको हो ।

मन्त्री तथा गभर्नरको भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ । बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ ।