जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १३:४५

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोलायो एजीएम


काठमाडौ, १० भदौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । यस कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो । सभा भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ ।

सभा अनलाइन अर्थात, जुम मार्फत् हुने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।