काठमाण्डाैं, बैशाख २१
ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीकोमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ ।
उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइलÞ बैकिङ्ग मार्फत भुक्तानी गर्दा १०% वा अधिकतम रु. १००० सम्मको क्यास ब्याक प्राप्त गर्नुहुनेछ ।
उक्त योजना अन्र्तगत अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्युआर पेमेन्टबाट भुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको क्यास ब्याक पाउने जानकारी दिएको छ ।
त्यस्तै पिओएस्बाट भुक्तानी गर्दा १०% वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याक पाउने जनाएको छ । यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस्